What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अन्तत: खुल्लामञ्चमा बिना अबराेध चलाइयाे डाेजर
What To Know
- डाेजर परिचालनसँगै खुलामञ्च क्षेत्र पुग्नु भएका काठमाडाैंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले महानगरपालिकाले नै टहराहरु अबैध रहेको ठहर गरेपछि सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अबैध रुपमा भाडामा लगाइएको भनेर चर्को बिरोध भइरहेको थियो । महानगरपालिकाको छानबिन समितिले नै भाडामा लगाइएको ती टहरा भत्काउने निर्णय गरेपछि हामीले सहयोग मात्र गरेको हो । स्थानीय ब्यापारीहरुको जुन गुनासो छ उहाँहरु आफूहरु ठगिएको बारे उजुरी गरे त्यसको छानबिन गरी दोषीमाथि कार्वाही हुन्छ ।’.
- ठेकेदार र महानगरबीच मिलेमताे भएकाे खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो । ५२ सटर मध्ये मापदण्ड बिपरितका ४३ सटर भत्काइएकाे छ । सार्वजनिक साैचालय सहित केही सटर भने नियमअनुसार नै रहेकाे भन्दै भत्काइएकाे छैन ।.
काठमाडौँ । चाैतर्फी विराेध भएपछि खुलामञ्चमा पसल राख्ने उद्देश्यले बनाएका संरचना महानगरपालिकाले डाेजर लगाएर भत्काएकाे छ । शनिबार दिउँसाे महानगरपालिकाले खुलामञ्चकाे बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि जिल्ला प्रशासनकाे सहयाेगमा दुईवटा डाेजर परिचालन गरेर भत्काउन सुरु गरेकाे हाे ।
डाेजर परिचालनसँगै खुलामञ्च क्षेत्र पुग्नु भएका काठमाडाैंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले महानगरपालिकाले नै टहराहरु अबैध रहेको ठहर गरेपछि सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अबैध रुपमा भाडामा लगाइएको भनेर चर्को बिरोध भइरहेको थियो । महानगरपालिकाको छानबिन समितिले नै भाडामा लगाइएको ती टहरा भत्काउने निर्णय गरेपछि हामीले सहयोग मात्र गरेको हो । स्थानीय ब्यापारीहरुको जुन गुनासो छ उहाँहरु आफूहरु ठगिएको बारे उजुरी गरे त्यसको छानबिन गरी दोषीमाथि कार्वाही हुन्छ ।’
काठमाडाैं महानगरपालिकाले २०७१ मा ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सलाई खुलामञ्चकाे उत्तरतर्फकाे केही क्षेत्र बारेर बसपार्क राख्न भाडामा दिएकाे थियाे । तर स्वच्छन्द विल्डर्सले खुल्लामञ्चमा अबैध रूपमा टहरा निर्माण गरेर व्यवसायीहरूलाई भाडामा दिएको थियाे ।
ठेकेदार र महानगरबीच मिलेमताे भएकाे खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो । ५२ सटर मध्ये मापदण्ड बिपरितका ४३ सटर भत्काइएकाे छ । सार्वजनिक साैचालय सहित केही सटर भने नियमअनुसार नै रहेकाे भन्दै भत्काइएकाे छैन ।