नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

इन्डोका लिग चरणको खेल सकियो
पाल्पा ।
पाल्पाको रामपुरमा जारी अन्तराष्ट्रिय स्तरको इन्डो नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा लिग चरणको खेल सम्पन्न भएको छ ।
समुह ए र वि को एक एक खेल सम्पन्न भए संगै लिग चरणका खेल सकिएको हो । प्रतियोगिताको सेमिफाईनलमा समुह ए बाट त्रिभुवन आर्मी र मणिमुकुन्द रुपन्देही, समुह वि बाट चापाकोट नगरपालिका र इण्डिया रेलवेज प्रवेश गरेको छ । पहिलो खेलमा ३÷१ सेट सहित मणिमुकुन्द भलिबल क्लवले जिल्ला भलिबल संघ तनहुँलाई पराजित गरेको छ । खेलमा पहिलो, तेस्रो र चौथो सेट मणिमुकुन्दले २५÷२२, २५÷१७ र २५÷१६ अंकले हात पारेको थियो । जिल्ला भलिबल संघ तनहुँले दोस्रो सेट २५÷२३ अंक सहित हात पारेको थियो ।
समुह वि को लिग चरणको खेलमा इण्डिया रेलवेजलाई चापाकोट नगरपालिकाले सोझो सेटमा पराजित गरेको थियो । खेलको पहिलो सेटमा २५÷८, दोस्रो सेटमा २५÷१७ र तेस्रो सेटमा २५÷२१ अंकले पराजित गरेको थियो । गत पौष २७ देखि रामपुरमा सुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको मुख्य आकर्षणको रुपमा रहेको छ ।