नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

रामपुर महोत्सवको नवौं दिनमा १ करोड ३० लाखको कारोवार
पाल्पा ।
पुर्वी पाल्पाको रामपुरमा जारी दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको नवौं दिन शनिबार १ करोड ३० लाखको कारोवार भएको छ ।
अन्य दिनको तुलनामा नवौं दिन सबै भन्दा धेरै कारोबार भएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । दैनिक कारोवार प्रतिवेदन उपसमितिका संयोजक सूर्य प्रसाद श्रेष्ठका अनुसार १ करोड १६ लाख बढीको कारोबार भएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा भएको मेलामा कृषि उपज तथा घरेलु उद्योगबाट उत्पादित उत्पादन, फेन्सीका सामान, अटोमोबाईल्सका सामान, किराना तथा कष्मेटिक सामानहरुको विक्री भैरहेको छ । मेलामा बालउद्यान, इण्डो नेपाल भलिबल तथा सांस्कृतिक कार्यक्रमले पनि दर्शकहरुको मन लोभ्याई रहेको छ ।