रम्भाले गर्यो २९ प्रतिशत वित्तिय प्रगति

पाल्पा ।
रम्भा गाउँपालिकाको ६ महिनाको अवधिमा २९ प्रतिशत वित्तिय र २५ प्रतिशत भौतिक प्रगति भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५।७६ को पहिलो ६ महिनामा गरेका कार्यक्रम तथा योजनाको सार्वजनिक सुनुवाई कार्यक्रममा बाँकी काम चैत मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले कृषि कार्यक्रम ठोस र प्रभावकारी संचालन नभएको, प्राविधिक शिक्षा र शिक्षक तालिम प्रभावकारी हुनु पर्ने, सबै वडामा सफा खानेपानीको व्यवस्था नभएको, विद्युत पोल खरिदमा ढिला सूस्ती भएको, योजना निर्माणको ईष्टिमेट रिपोर्ट ढिलो प्राप्त भएको लगायतका विषयमा गुनासो राखेका थिए ।
यसै गरि गाउँपालिलका भित्र संचालन गरिने होटल रेष्टुरेन्ट तथा पसलमा उपलब्ध हुने वस्तु गुणस्तर परीक्षण हुनु पर्ने, पत्रकारिता विकासका लागि पहल हुनुपर्ने लगायतका विषयमा सेवाग्राहीले गुनासो राखेका थिए ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सेवाग्राहीबाट आएका जिज्ञासा मेटाउदै सल्लाह सुझाव आफुहरुको मार्गदर्शकको रुपमा रहेको र सुझावहरुलाई मनन गरि नमूना गाउँपालिका बनाउने कार्यमा लागि पर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले साउन देखि पौष मसान्त सम्ममा गरेका कार्य प्रगती विवरण पेश गर्दै सबै वडामा बर्थिङ्ग सेन्टर स्थापना, आन्तरिक आम्दानी वृद्धिका लागि टेन्डर आह्वान, शिक्षक सेवा आयोग कक्षा सञ्चालन, वडा कार्यालयहरुमा इन्टरनेट जडान, ३५ ऐन नियम तथा कार्याविधि पारित, योजनाहरुमा उपभोक्ता समिति गठन, आलु तथा गहुँको बिउ अनुदानमा वितरण गरिएको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रम पिपुल्स क्रियशन प्रालिले सहजिकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *