नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन
काठमाडौं । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन गरेको छ ।
बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णलाल महर्जनको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
उपसमितिको सदस्यमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा रहनु भएकाे छ ।
समितिले बाइडबडी विमान खरिदबारे छानविन गरेर प्रतिवेदन १५ दिनभित्र बुझाउन निर्देशन दिइएको समितिका सभापति भरत शाहले जानकारी दिनुभयाे ।