हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लोकसेवाद्वारा विज्ञापन खुला
काठमाडौंँ। दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।
आयोगका अध्यक्ष उमेश मैनालीले संसद् सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सबै सेवामा विज्ञापन रोक्नु हुँदैन भन्नेमा आयोगको जोड भए पनि सरकारले माग नपठाएपछि विज्ञापन आह्वान नगरिएको स्पष्ट गर्नुभयो ।
समायोजन हुनुपर्ने प्रशासन सेवा र विभिन्न प्राविधिक सेवाका पदहरुमा सरकारबाट माग नआएपछि ती पदमा विज्ञापन नगरिएको जनाइएको छ । मङ्सिरको अन्तिम बुधबार अधिकृतस्तरका सबै पदमा विज्ञापन गर्ने आयोगको कार्यतालिका थियो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार गत वर्ष भण्डै पाँच लाख जनाले लोकसेवाको विज्ञापनका लागि आवेदन दिएका थिए ।
आयोगले सिफारिस गर्ने निजामती सेवा, संसद् सेवा, लेखापरीक्षण, निजामती सेवाकै अन्य १० वटा सेवामा हरेक वर्ष करिब छ हजार पदका लागि विज्ञापन गर्ने गरेको थियो । यसैगरी, नेपाली सेनासहित अन्य सङ्गठित संस्थाबाट लिखित परीक्षाका लागि झन्डै नौ हजार पदमा परीक्षा सञ्चालनका लागि माग आउने गरेको थियो । नेपाली सेनासहित अन्य सङ्गठित संस्थामध्ये केहीको विज्ञापनको प्रक्रिया धमाधम अगाडि बढेको छ ।
कुन कुन पदमा खुल्यो विज्ञापन बिस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस्