सीमामा सधैँ किचलो, कहिलेसम्म सहने भारतीय ज्यादती

भीमदत्तनगर  । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल–भारत संयुक्त सर्वे टिमले सिमा विवाद समाधान गरी कल्भर्ट विवादको समाधान खोजिने बताए पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । घटनाको झण्डै वर्षदिनपछि स्थानीयवासी र सीमापारीका भारतीय नागरिक कल्भर्ट छलेर सीमामा ओहोरदोहोर गरिरहेका छन् । उक्त सीमा नाका सञ्चालन गर्न विभिन्न ठाउँबाट गरिए पनि अझै खुल्न सकेको छैन । भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका गौतमको विषयमा भारत अझै केही बोलेको छैन । भारतीय सुरक्षाकर्मीकै गोली लागि गौतमको मृत्यु भए पनि भारतले उक्त घटनामा आफ्नो संलग्नता स्विकारेको छैन ।

आनन्द बजारको कल्भर्ट निर्माण क्षेत्र भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । पुनर्वास नगरपालिका–९ बीचफाटामा गत वैशाखमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तारजाली हाल्दा अवरोध पु¥यायो । बीचफाटाका स्थानीयवासीले उक्त विद्युतीय तारजाली भारतीय जङ्गलबाट आउने वन्यजन्तु रोक्न लगाएका थिए । उक्त विषयमा विवाद हुँदा केही दिन तनाव भयो । विवाद अघि सहमतिमै भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न बीचफाटामा दुई हजार ९०० मिटर क्षेत्रमा तार जडान गरिएको थियो ।

“तारजाली सहमतिमै जडान गरिएको थियो”, पुनर्वासका स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले भन्नुभयो । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित छ । पुनर्वास नगरपालिकाको बीचफाटामा विवाद गरेको चार महीनापछि भारतले भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा एकलौटीरुपमा नेपाल–भारत सीमाक्षेत्रमा पक्की सडक निर्माण अघि बढायो । यहाँको मुख्य सीमास्तम्भ नं ३ छेउछाउमा करीब १३ सय मिटर वर (नेपालतर्फ) भारतले ठेक्कामार्फत सडक निर्माण थालेपछि ब्रह्मदेवका स्थानीयवासीले अवरोध पु¥याएका थिए ।

जिल्लास्तरबाट उक्त क्षेत्रको सीमा विवाद समाधान भएपछि काम अघि बढाउने मौखिक सहमतिपछि भारतले उक्त निर्माण रोकेको छ । ब्रह्मदेव क्षेत्रमा पनि लामो समयदेखि दुई देशबीच सीमा विवाद यथावत छ । सीमा विवाद सधैँ भइरहने ब्रह्मदेवका स्थानीयवासी बताउँछन् । मङ्गलबार भीमदत्तनगरपालिकाको गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएका छन् । भीमदत्तनगरपालिकाले सडक बनाउन पठाएको जेसिभी भारतीय एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन लागेको दाबी गर्दै नेपाली पक्षलाई अवरोध पु¥याएका थिए । स्थानीयवासीका अनुसार उक्त जग्गा नेपाली भूमिमै पर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *