बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

मृत महिलाको गर्भ प्रत्यारोपणपछि जन्मियाे स्वस्थ बच्चा
एजेन्सी । झट्ट सुन्दा विश्वास नलाग्ने तर घटना सत्य विश्वमा पहिलोपटक मृत महिलाको गर्भ प्रत्यारोपण भएकी महिलाबाट स्वास्थ बच्चा जन्मिएको छ । मृत महिलाको गर्भ सन् २०१६ मा ब्राजिलकी एक महिलामा प्रत्यारोपण गरिएको थियो ।
३२ वर्षीया महिला जो अहिले आमा बनिन् उनी जन्मदै गर्भ विहिन थिइन् । बीबीसीका अनुसार उनले स्वस्थ्य छोरी जन्माएकी छिन् ।
तर मृत महिलाको गर्भ प्रत्यारोपण भएका अन्य दश महिलाबाट भने शिशुको जन्म हुन सकेन । उनीहरुको गर्भपात भएको बताइएको छ । अधिकारीहरुका अनुसार ३९ जना जिउँदो महिलाबाट समेत गर्भ प्रत्यारोपण भएको थियो ।
आफ्नो छोरीहरु जसको गर्भमा समस्या थियो, ३९ आमाहरुले छोरीहरुलाई आफ्नो गर्भ प्रत्यारोपण गराएका थिए । ती मध्येबाट अहिलेसम्म ११ बच्चा जन्मिएका छन् ।
मृत तथा जीवित गर्भ प्रत्यारोपण चिकित्सा क्षेत्रमा कोशेढुंगा सावित भएको चिकित्सकहरुले बताएका छन् । गर्भ प्रत्यारोपण सन्तान नहुने तर सन्तानको चाहाना भएका परिवारका लागि साह्रै उपयोगी हुने तर्क गरिएको छ ।