वामी सेवा समिति जापानकाे छैठौँ अधिवेशनका लागि ५ उपसमिति गठन

कौरव खत्री
गुल्मी । वामी सेवा समिति जापानले आउँदो पौष अर्थात जनवरीमा भव्य रुपमा जापानमा आफ्नो ६ औ अधिवेशन गर्ने भएको छ । साथै अधिवेशन आउँदो जनवरी १ अर्थात पौष महिनाको १७ गते जापानको टोकियोमा भव्य र सभ्य रुपमा अधिवेशन गर्न लागिएको वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

त्यस्तै गत मंसिर १९ गते बुधवार अर्थात डिसेम्वर ५ तारिकमा सेवा समिति जापानका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा टोक्यो ओचुका स्थित जाप्पोन रेष्टुरेण्डमा बसेको सचिवालयको बैठक बसी अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि विभिन्न समितिको समेत गठन गरिएको छ ।

जसअनुसार रोशन केसीको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा संसोधन समिति,टेक बहादुर भण्डारीको संयोजकत्वमा ३ सदस्यीय आर्थिक समिति, कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ३ सदस्यीय हल तथा भोजन व्यवस्थापन समिति, दिलिप थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार समिति, दिपु सापकोटा दिनेशको संयोजकत्वमा ५ सदस्यीय अतिथि सतकार तथा स्वयमसेवक समिति गठन गरिएको सेवा समिति जापानका उपाध्यक्ष थापाले जानकारी दिए ।

अधिवेशनमा सेवा समिति जापानका सचिव गोकुल खत्रीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष टेक भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् भने विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
साथै सेवा समिति जापानले अधिवेशनमा सहभागि हुन जापानमा रहेका सबै नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

“परिश्रमले बाच्न सिकौँ” भन्ने मुल नारा सहित २०६६ सालमा स्थापना भएको वामी सेवा समिति जापानले आफ्नो स्थापनाकाल देखि नै निरन्तर रुपमा समाजका हरेक क्षेत्र अन्र्तगत विभिन्न विद्यालय,दैवीप्रकोप,आगलागि, एम्वुलेन्स, साँस्कृतिक क्षेत्र लगायतमा आर्थिक सहयोग पु¥याउदै आइरहेको समिति जापानका उपाध्यक्ष थापाले जानकारी दिए ।

साविकको वामी गाविसबाट रोजगारीको शिलशिलामा जापानमा रहेका वामीवासीहरुले सामुहिक रुपमा संस्था स्थापना गरेर आफ्नो गाँउ ठाँउको लागि सबै एकजुट भएर आर्थिक सहयोग संकलन गरेर स्वदेशको आफ्नो जन्मभूमिप्रति सहयोग गदै आइरहेका छन् ।

वामी सेवा समिति जापानले आफ्नो तिन वटा स्मारिका समेत प्रकाशन गरिसकेको छ । हाल संस्थामा मुसिकोट नगरपालिका वडा नं. ७ र ८ का जापानमा रहेका वामीवासी सदस्यहरु आवद्ध रहेका छन् । साथै उक्क्त संस्थाका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद सापकोटा र उनका भाई सुदिप सापकोटाले आउँदो फाल्गुनमा हुन गइरहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयको हिरक महोत्सवको लागि ३ लाख, ३३ हजार, ३सय,३३ रुपैया आर्थिक सहयोग समेत प्रदान गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *