नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कृषकका लागि हाते ट्रयाक्टर वितरण
कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिकाले कृषकहरुका लागि आधुनिक मिनि टिलर अर्थात हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समुहलाई खेतबारी जोत्न प्रयोग गरिने ९ वटा मनि टिलर हाते ट्रयाक्टर वितरण गरिएको हो ।
बुधवार नगरपालिकामा एक कार्यक्रम गरि प्रत्येक वडा एक÷एक जना गरि ९ वटा मिनि टिलर हाते ट्रयाक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
साथै वडा कार्यालयमा आएका निवेदनका आधारमा व्यक्ति र समुहहरुलाई वडाले सिफारिस गरे अनुसार कृषक तथा कृषक समूहलाई मिनि टिलर वितरण गरिएको अधिकृत भण्डारीले बताए ।
उनका अनुसार टेण्डर प्रक्रियाबाट मिनि टिलरहरु रु ७५ हजारमा खरिद गरिएका हाते ट्रयाक्टरलाई नगरपालिकाको ३७ हजार, ५ सय र व्यक्ति वा समूहको ३७ हजार, ५ सय योगदान रहने भएको छ ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएका हाते ट्रयाक्टरले कृषकहरुका लागि खोनजोतमा सहजता र कृषि क्षेत्रमा उत्पादन वृद्धि हुनेमा थप बल पुग्ने छ ।