What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने
What To Know
- नेपालमा कोदोजन्य बालीमध्ये सामान्यतया १० प्रकारका बाली प्रचलनमा रहे पनि कोदो, चिनो, कागुनो र जुनेलो मुख्य रूपमा खेती गरिने बालीहरूमा पर्छन्। यस्तै, फापर र लट्टेलाई पनि दानाको बनावट, पोषणतत्व तथा उपभोगको ढाँचामा केही समानता रहेकाले कोदोजन्य बालीको श्रेणीमै राखिने गरिन्छ।.
- एक समय खाद्य सुरक्षाका साथै पोषणको महत्वपूर्ण आधारका रूपमा लिइएका यी बालीहरू आधुनिक जीवनशैली र खानपानका प्राथमिकतामा आएको परिवर्तनका कारण क्रमशः ओझेलमा परेका छन्। पछिल्ला तथ्यांकहरूले कोदोजन्य बालीको उत्पादन र उपभोग दुबै घट्दै गएको संकेत गर्छन्। तर खाद्य तथा कृषि प्रणालीमा देखापरेका चुनौतीहरूको सन्दर्भमा पछिल्लो समय यस्ता बालीप्रति विश्वव्यापी चासो पुनः बढ्दै गएको देखिन्छ।.
काठमाडौँ । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।
‘‘प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय भएको छ’’, उहाँले भन्नुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो ।
नेपालमा कोदोजन्य बालीमध्ये सामान्यतया १० प्रकारका बाली प्रचलनमा रहे पनि कोदो, चिनो, कागुनो र जुनेलो मुख्य रूपमा खेती गरिने बालीहरूमा पर्छन्। यस्तै, फापर र लट्टेलाई पनि दानाको बनावट, पोषणतत्व तथा उपभोगको ढाँचामा केही समानता रहेकाले कोदोजन्य बालीको श्रेणीमै राखिने गरिन्छ।
एक समय खाद्य सुरक्षाका साथै पोषणको महत्वपूर्ण आधारका रूपमा लिइएका यी बालीहरू आधुनिक जीवनशैली र खानपानका प्राथमिकतामा आएको परिवर्तनका कारण क्रमशः ओझेलमा परेका छन्। पछिल्ला तथ्यांकहरूले कोदोजन्य बालीको उत्पादन र उपभोग दुबै घट्दै गएको संकेत गर्छन्। तर खाद्य तथा कृषि प्रणालीमा देखापरेका चुनौतीहरूको सन्दर्भमा पछिल्लो समय यस्ता बालीप्रति विश्वव्यापी चासो पुनः बढ्दै गएको देखिन्छ।
खाद्य सुरक्षा, पोषण, स्वास्थ्य लाभका पक्षहरू र जलवायु परिवर्तन न्यूनीकरण तथा त्यसमा अनुकूलनका दृष्टिले कोदोजन्य बालीहरूमा विशेषता रहेको कारण यिनको महत्व झन् बढ्दै गएको हो।
केही मुलुकहरूले त यस्ता बालीको प्रवर्द्धनका लागि राष्ट्रियस्तरमै अभियान सञ्चालन गरेका छन्। मित्रराष्ट्र भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघको ७५औं महासभाले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (International Year of Millets 2023)’ घोषणा गरी मनाउने निर्णय गरेकाे थियाे ।
यस अन्तर्राष्ट्रिय वर्षको मुख्य उद्देश्य भनेको कोदोजन्य बालीहरूको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै तिनको उत्पादन तथा उपभोग प्रवर्द्धन गर्नु हो, जसले उत्पादक किसान, उपभोक्ता र अन्य सरोकारवाला निकायहरूलाई समेत उत्प्रेरित गर्ने विश्वास लिइएको छ।