What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नगरकोट सामुदायिक होमस्टेमा एनआईसी एशिया बैंकका ग्राहकलाई विशेष छुट
भक्तपुर, चाँगुनारायण । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच विशेष सहकार्य हुने भएको छ । जसअनुसार बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्ने भएक्छा छन्।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले नगरकोटस्थित १७ घरपरिवारद्वारा सञ्चालित सामुदायिक होमस्टेमा सेवा लिँदा मोबाइल बैंकिङ्ग सेवा (MoBank App) प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्रामीण पर्यटन प्रवर्द्धन र डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यो सहकार्यले ग्राहकलाई सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नुका साथै स्थानीय पर्यटन र समुदायलाई समेत सशक्त बनाउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले डिजिटल सशक्तिकरण र वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै यस्ता साझेदारीमार्फत ग्रामीण क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।






