What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

तिलक भट्टराईद्वारा एनआरएनए यूके उपाध्यक्षमा उम्मेदवारी, प्रवासी नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता
What To Know
- भट्टराईले राज्य समन्वय परिषद् स्कटल्यान्डको स्थापना गरेर संयोजकको भूमिका निर्वाह गरिसकेका छन्। विगत एक दशकदेखि एनआरएनएमा सक्रिय रूपमा संलग्न रहेका उनी एनआरएनए सदस्य र सचिव भई काम गरिसकेका छन् । ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्दै उनले गैरआवासीय नेपाली र गोर्खा समुदायको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। विशेषगरी गैरआवासीय नागरिकता का लागि ठाउँठाउँमा विभिन्न गोष्ठी आयोजना गरी जनचेतना जगाउने कार्यमा पनि उनी सक्रिय छन्। यसका साथै, यति नेपाली एसोसिएसन, डार्टफोर्ड नेपाली समाज, जेन्स युके जस्ता सङ्घसंस्थाहरूमा जोडिएर काम गरेको अनुभव पनि उनीसँग छ।.
- नेपाल र बेलायतमा उनको समाजिक, शैक्षिक लगायत विविध क्षेत्रमा उल्लेखनीय याेगदान छ । नेपालको चितवनमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भट्टराई विगत डेढ दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। बेलायतमा उनी प्रोपर्टी डेभलपर र शिक्षा व्यवसायमा संलग्न छन् भने नेपालमा आईटी, पर्यटन र सोलार पावर सेक्टरमा सामूहिक लगानी भित्र्याई देश र नेपालीको हितमा काम गरिरहेका छन्। भट्टराईले विशेषगरी नेपालबाट बेलायत आएर विभिन्न कठिनाइ भोगिरहेका नेपालीहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।.
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा तिलक भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
लामो समयदेखि बेलायतमा बस्दै आएका चितवनका स्थायी बासिन्दा भट्टराईले प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूको हक हितका लागि काम गर्ने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्।
एनआरएनए यूकेको निर्वाचन आगामी जुलाई २६ (साउन १० गते शनिबार) मा हुँदैछ। यस अघि सचिवको रूपमा काम गरेर अनुभव बटुलिसकेका भट्टराईले उपाध्यक्ष पदमा आफूसहित पाँच जनाले प्रतिस्पर्धा गरिरहेको जानकारी दिए। यसैगरी, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको उनले बताए।
गत आइतबार निर्वाचन समितिको कार्यालयमा प्रत्यक्ष उपस्थित भई उम्मेदवारी दर्ता गराएपछि भट्टराईले भने, ‘गैरआवासीय नेपाली संघको अभियानबाट आफू अलग रहन सक्दिनँ, त्यसैले अभियानमा निरन्तरता दिन उम्मेदवारी दिएको हुँ।’
भट्टराईका प्रमुख एजेन्डाहरूस् अनुभव र भविष्यका योजना
उम्मेदवारी दर्तासँगै भट्टराईले आफ्ना प्रमुख एजेन्डाहरू पनि सार्वजनिक गरेका छन्। एजेन्डा माफर्त उनले सङ्गठनिक अनुभव र भविष्यका योजनाहरू स्पष्ट पारेका छन्।
भट्टराईले राज्य समन्वय परिषद् स्कटल्यान्डको स्थापना गरेर संयोजकको भूमिका निर्वाह गरिसकेका छन्। विगत एक दशकदेखि एनआरएनएमा सक्रिय रूपमा संलग्न रहेका उनी एनआरएनए सदस्य र सचिव भई काम गरिसकेका छन् । ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्दै उनले गैरआवासीय नेपाली र गोर्खा समुदायको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। विशेषगरी गैरआवासीय नागरिकता का लागि ठाउँठाउँमा विभिन्न गोष्ठी आयोजना गरी जनचेतना जगाउने कार्यमा पनि उनी सक्रिय छन्। यसका साथै, यति नेपाली एसोसिएसन, डार्टफोर्ड नेपाली समाज, जेन्स युके जस्ता सङ्घसंस्थाहरूमा जोडिएर काम गरेको अनुभव पनि उनीसँग छ।
उपाध्यक्ष उम्मेद्वार भट्टराईले युनिभर्सिटी अफ लन्डनबाट समाजशास्त्रमा एमफिल र बिजनेस स्टडीमा मास्टर्ससम्मको अध्ययन पूरा गरेका छन्।
नेपाल र बेलायतमा उनको समाजिक, शैक्षिक लगायत विविध क्षेत्रमा उल्लेखनीय याेगदान छ । नेपालको चितवनमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भट्टराई विगत डेढ दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। बेलायतमा उनी प्रोपर्टी डेभलपर र शिक्षा व्यवसायमा संलग्न छन् भने नेपालमा आईटी, पर्यटन र सोलार पावर सेक्टरमा सामूहिक लगानी भित्र्याई देश र नेपालीको हितमा काम गरिरहेका छन्। भट्टराईले विशेषगरी नेपालबाट बेलायत आएर विभिन्न कठिनाइ भोगिरहेका नेपालीहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।