What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकको वेबसाइटमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
What To Know
- बैंकका अनुसार उक्त पोर्टल (https.
- //auctionassistance.
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सञ्चालनमा ल्याएको विशेष अनलाइन पोर्टलमार्फत बैंकको नाममा रहेको सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत विवरण सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
बैंकका अनुसार उक्त पोर्टल (https://auctionassistance.nicasiabank.com) मा बैंकको स्वामित्वमा रहेका बैंकिङ्ग तथा गैर-बैंकिङ्ग सम्पत्ति, साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सबै जानकारी समेटिएको छ। ग्राहकले प्रकाशित सूचनामा रहेको QR कोड स्क्यान गरी पोर्टलमा पहुँच प्राप्त गर्न सक्छन्।
उक्त पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थानसमेत हेर्न सकिनेछ। साथै, खरिदमा चासो भएका ग्राहकले थप जानकारीको लागि सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।
बैंकले समयसमयमा लिलाम बिक्रीसम्बन्धी नयाँ सूचना तथा सम्पत्तिहरू अद्यावधिक गर्दै जाने र इच्छुक ग्राहकले सो पोर्टलबाटै विस्तृत जानकारी लिएर लाभ लिन सक्ने विश्वास व्यक्त गरेको छ।






