What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपी सम्मानबाट सम्मानित
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारबाट “महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP)” सम्मान प्राप्त गर्नुभएको छ।
सरकारले मुलुकको वाणिज्य, निर्यात र समग्र आर्थिक क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर गर्दै संघईलाई २०८२ साल साउन १ गते (पूर्व आषाढ ३२ गते) सीआईपी सम्मान प्रदान गरेको हो।
नेपाल सरकारले हरेक वर्ष आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई “महत्वपूर्ण व्यवसायिक व्यक्ति” उपाधिबाट सम्मान गर्दै आएको छ।
सञ्चालक संघईले देशको आर्थिक विकासमा पुर्याउनुभएको योगदानको कदरस्वरूप प्राप्त यो सम्मानप्रति बैंकले खुशी व्यक्त गर्दै उहाँलाई बधाई दिएको छ।






