इन्सपेक्टर पाण्डेले गरे प्रोजेक्टरको स्क्रीन सहयोग

पाल्पा । पुर्वी पाल्पाको विभिन्न स्थानीय तह रामपुर नगरपालिका र निस्दी गाउँपालिकमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आउनु भएका इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले सिताराम माविमा प्रोजेक्टरको स्क्रीन सहयोग गर्नु भएको छ । अहिलेका किशोर किशोरीलाई समय सापेक्ष शिक्षा दियो भने सकारात्मक बाटोमा हिड्न प्रेरित हुने भन्दै विद्यालयको कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई मध्यनजर गर्दै प्रशिक्षणलाई तीव्र बनाउन सहयोग पुगोस भन्ने हेतुले आफ्नै लगानीमा रामपुर नगरपालिका वडा नम्वर ४ मा रहेको सिताराम माविलाई प्रोजेक्टरको एक थान स्क्रीन प्रदान गर्नु भएको हो ।

विद्यार्थीलाई ट्राफिक नियम, लागुऔषध दुव्र्यसनी र साइवर अपराध सम्बन्धी प्रशिक्षणलाई प्रभावकारी बनाएर नियमित सञ्चालन गर्न पाण्डेले सिताराम माध्यमिक विद्यालयमा १० हजार मल्य बराबरको प्राजेक्टरको स्क्रीन प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक पाण्डेले प्रोजेक्टर अति आवश्यक भएपनि रामपुर नगरपालिका भित्र कुनै सरकारी तथा गैरसरकारी संघ संस्थामा प्रोजेक्टरको स्क्रीन नभएको र प्रोजेक्टरको प्रयोग गर्दा सेता भित्ता खोज्नुपर्ने बाध्यता भएपछि आफूले पुर्वी पाल्पालाई मध्यनजर गरी एक थान स्क्रीन सहयोग गरेको बताउनुभयाे। जीवनमा आयआर्जन भन्दा दानी मन ठूलो हुनुपर्छ भन्दै इलाका प्रहरी कार्यालय प्रमुख पाण्डेले विद्यालयमा सहयोग गरिएको प्रोजेक्टरले पुर्वी पाल्पाका विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गर्न मद्धत गर्ने बताउनु भयो ।

पोजेक्टरको स्क्रीन हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर पोखरेलले सरकारी कर्मचारी भएर पनि आफ्नै लगानीमा सामाजिक संस्थासँग सहकार्य गरी सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी कम हुने भन्दै प्रहरी निरीक्षक पाण्डेलाई धन्यवाद दिनुभयो । विद्यालयका निमित्त प्रध्यानाध्यापक विश्वनाथ भट्टराईले प्रहरी निरीक्षक पाण्डेले सिताराम माविलाई चयन गरेर दिनुभएको प्रोजेक्टर स्क्रीनको सुरक्षाका साथै सही सदुपयोग गर्ने बताउनुभयो ।

कार्यक्रम सञ्चालन शिक्षक गाविन भट्टराईले गर्नुभएकाे थियाे। पछिल्लो समय इलाका प्रहरी कार्यालय रामपुरले समाज रुपान्त्रणको प्रयास स्वारुप विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *