बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

दर्लम महाकालि रथयात्रा
पाल्पा । प्रचारको अभावमा धार्मीका सम्पदा ओझेलमा परेको भन्दै पाल्पाको बगनासकालि गाउँपालिका ५ दर्लडाडाका स्थानियले विशेष रथयात्रा निकालेका छन । आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना बोकेको पाँच नम्बर प्रदेशकै प्रसिद्ध स्थल दर्लम महाकालि मन्दिरको प्रचारप्रसार गर्न स्थानिय स्वयंम रचनात्मक अभियानमा जुटेका छन । दर्लमकाली भगवतीको १७ आंै स्थापना दिवसको अवसरमा रथयात्रा निकालेर सम्बन्धी क्षेत्रको चासोको विषय बनाउन रथयात्रा निकालिएको दर्लमकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ङ्गण प्रसाद गैरे ले जानकारी दिनुभयो । मन्दिरले धार्मीक पर्यटनको सम्भावन बोकेको भएपनि पुर्वाधार र प्रचारप्रसारको अभावमा मन्दिर आझेलमा परेको छ । भगवती माताको आर्शिवादले आफ्ना मनोकांक्षा पुरा हुने हुदाँ प्रत्येक वर्ष शिवरात्री, चैते दशै र बडा दशैको अवसरमा मन्दिरमा भिडभाड हुने गर्दछ । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरि दैनिक पुजाआजा हुदंै आएको छ ।