बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पाल्पाका जनता सञ्चार सञ्जालबाट बञ्चित
पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिकाको बल्ढेङ्गढी र सत्यवतीका जनता संरचारको पहुँचबाट बञ्चित भएको गुनासो गरेका छन । दुई करोड बढी खर्च गरेर बनाइएको नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानिय सास्ती भोग्न बाध्य हुनुपरेको स्थानिय भुवन कार्कीले बताउनु भयो । दुई वर्ष अगाडी निर्माण गरिएको टावरमा नेपाल टेलिकमको लापरबहीका कारण विटिएस टावारले लक्षित स्थानसम्म काम नगर्दा स्थानियहरु मारमा परेका छन । उनिहरुले पटकपटक नेपाल टेलिकमलाई मौखिक ध्यानकर्षण गराउँदा समेत सुनवाइ नभएको स्थानियले दुखेसो गरेका छन । गाउँपालिकाको बल्ढेङगेढी , जुठापौवा र सत्यवतीका करिब १० हजार सेवाग्राहीलाई सेवा दिन राखिएको टावरले टावर मुनि बाहेक अन्यत्र काम नगरेपछि स्थानिय सञ्चार सञ्जालबाट बञ्जित भएका छन । टेलिकमले टावरमा पुरा पावरको विटिएस राख्नुपर्नेमा माइक्रो विटिएस राखेकाले गाउँमा नेटवर्कको समस्या ,नेटवर्क व्यस्त हुने ,लक्षित क्षेत्रमा टावर नदेखाउने समस्या देखा परेको नेपाल टेलिकम पाल्पा वितरण शाखाले स्वीकारेकोे छ ।