What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

गुल्मीको प्रसिद्ध मालिका मन्दिरमा बर माग्ने तरिका फेरियो
What To Know
- जिल्लाको मुसिकोट नगरपालिका ६ कुुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने रहेको मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्दा आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाक्कल चढाउने र मन्दिरमा परेवा उडाउन र मालिकादेवीको दर्शन गर्न शुक्रवार विहानै देखि मालिकामा भक्क्तजनको घुइचो लागेको छ ।.
- बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाची लगायतका जिल्लाका विभिन्न स्थानहरुबाट अघिल्लो दिन अर्थात विहिवार साँझदेखि नै टाढा टाढाबाट सवारी साधन जीप, मोटरसाइकलको माध्यम भएर त कोही पैदल यात्रा गरि हजारौँ शदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए ।.
कौरव खत्री
गुल्मी । बैकुण्ठ चतुदर्शीका अवसरमा मुसिकाेट नगरपालिका कुर्घमा रहेकाे प्रसिद्ध मालिका मन्दिरमा ठूलाे मेला लागेकाे छ । सामान्यत भगवानसँग बर माग्दा मनमनै मागने गरिए पनि यहाँ भने चिच्याएर बर माग्न पर्छ भन्ने परम्परा थियो । तर आजभोलि त्यो परम्परा क्रमश अहिलेको पुस्ताहरु प्राय सबै पढेलेखेका र विद्धान र चेतनाको स्तर वृद्धि भएपछि बर पाइन्छ भने मनले कल्पना गरेपनि बर पाइन्छ भनेर अहिले प्राय सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।
जिल्लाको मुसिकोट नगरपालिका ६ कुुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने रहेको मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्दा आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाक्कल चढाउने र मन्दिरमा परेवा उडाउन र मालिकादेवीको दर्शन गर्न शुक्रवार विहानै देखि मालिकामा भक्क्तजनको घुइचो लागेको छ ।
बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाची लगायतका जिल्लाका विभिन्न स्थानहरुबाट अघिल्लो दिन अर्थात विहिवार साँझदेखि नै टाढा टाढाबाट सवारी साधन जीप, मोटरसाइकलको माध्यम भएर त कोही पैदल यात्रा गरि हजारौँ शदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए ।
साथै दर्शनार्थीहरुलाई दर्शन गर्नका लागि पालैपालो लाइनमा बसेर दर्शन गर्ने व्यवस्था मिलाएको समितिका अध्यक्ष शर्माले जानकारी दिए ।
साथै समतिका अध्यक्ष शर्माले भने दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरि आज शुक्रवार विहानैदेखि मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको समितिका अध्यक्ष शर्माले जानकारी दिए ।
मालिकामा बैकुण्ठ चतुर्दर्शीका अवसरमा गुल्मी तथा बाग्लुङ्ग र अर्घाखाँची रुपन्देही समेतबाट गरि हजारौ दर्शनार्थीहरुले मालिका मन्दिरको दर्शन गरेको मन्दिर समितिले जनाएको छ ।
मालिका देवीको दर्शन गर्न आएका शदालु भक्तजनहरुको घुइचोले मालिका क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल व्यवसाय,पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोवार गरेका छन् ।
शिव बैकुण्ठ चतुदर्शीको अबसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस भनि विगत निरन्तर रुपमा मालिका महोत्सव आयोजना गदै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजक रामप्रसाद अर्यालले जानकारी दिए ।