बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एकै पालिकामा करोडौँको सुन्तला उत्पादन (भिडियाे)
डम्मर बुढामगर
ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–६ सुन्तला गाउँका रुपमा परिचित छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ भने पालिकाको अन्य क्षेत्रका किसानले पनि वर्षौँदेखि सुन्तला खेती गर्दै आएका छन् । हरेक वर्ष सुन्तला उत्पादनमा वृद्धि हुँदै गएपछि किसान हर्षित हुँदै गएका छन् ।
यस वर्ष पनि काठेखोलामा सुन्तला उत्पादन बढेपछि यति बेला किसानलाई विक्री गर्न भ्याइनभ्याइ छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै रु दुई करोड बढी उत्पादन भएको हो । गत वर्ष साढे तीन करोडको उत्पादन भएकोमा यस वर्ष बढेर रु पाँच करोड ४० लाखको सुन्तला उत्पादन भएको छ । झण्डै तीन दशकदेखि सुन्तला खेती गर्दै आएका स्थानीय यहीबाट जीविकोपार्जन गर्दै आएका छन् ।
काठेखोलााभर ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा यस वर्ष ३० हेक्टरमा लगाइएको बोटले उत्पादन दिन थालेका छन् । यस वर्ष ९०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन भएको हो । यहाँका सुन्तला स्वादिलो हुने हुँदा धेरै ठाउँबाट माग आउने गर्छ । केही वर्ष यता बाहिरबाट व्यापारी आएर बगैचानै खरिद गर्ने गरेका छन् ।
यहाँका किसानले वार्षिक दुई लाखदेखि २० लाखसम्मको सुन्तला विक्री गर्छन् । काठेखोला गाउँपालिकाले सुन्तला खेती विस्तार गर्न गत वर्ष पाँच हजार ५०० सय सुन्तला र तीन हजार कागतीका विरुवा वितरण गरेको थियो । सुन्तला खेती प्रवद्र्धनका लागि पनि पालिकाले चासो दिएको छ ।
वर्षेनी करोडौँको सुन्तला उत्पादन हुने काठेखोलामा गाउँपालिकाले भने ब्राण्डिङ र किसानलाई प्रोत्साहन गर्न नसकेको गुनासो बढेको छ । स्थानीय तहले सुन्तला खेतीमा युवालाई जोड्न सके धेरै युवा विदेश पलायन हुनबाट रोकिने थिए ।