What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं । माघ ५ गतेदेखि मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।
टोलीका सदस्यलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको हो।
काठमाडौँमा शुक्रबार आयोजित बिदाइ कार्यक्रममा मन्त्री चौधरीका साथै क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, महिला सिनियर टिमकी कप्तान तथा क्यानकी सदस्य इन्दु बर्मा लगायतका पदाधिकारी उपस्थित थिए।
खेलाडीहरू शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन्।