हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा एआईजी तामाङ
काठमाडाैं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सरुवा गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङलाई सरुवा गर्ने निर्णय गरेको हो।
तामाङ यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। एआईजी किरण बज्राचार्यको अवकाशपछि रिक्त भएको उक्त महत्वपूर्ण पदमा तामाङको नियुक्ति भएको हो।
उपत्यकाको सुरक्षा व्यवस्था हेर्ने यस जिम्मेवारीलाई मध्यनजर गर्दै तामाङको सरुवालाई निकै महत्वपूर्ण मानिएको छ। उनी एआईजी दीपक थापाका समकालीन हुन्। आगामी चैतमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको अवकाशपछि प्रहरी महानिरीक्षक बन्न सक्ने सम्भावित उम्मेदवारमध्ये तामाङ पनि एक हुन्।
चैत ५ गतेदेखि प्रहरी महानिरीक्षकको पद खाली हुँदै गर्दा हालका तीन जना अतिरिक्त महानिरीक्षकमध्ये एक जनाले यो जिम्मेवारी सम्हाल्नेछन्। तामाङसँगै सीआईबी प्रमुख दीपक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी पनि प्रहरी महानिरीक्षकका दाबेदार हुन्।