What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भैँसेपाटी हनी–ट्र्याप : ताज ईस्लाम कारागार चलान, दुई महिलासँग धरौटी माग
काठमाडाैं । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागमा लगेर व्यवसायीलाई हनी ट्र्यापमा पारेको घटनाका मुख्य योजनाकार ताजमुल भन्नने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले बिहीबार इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो। यो घटनाको मुख्य योजनाकार नै उनी रहेको अभियोग थियो। यस्तै पक्राउ परेका दुई महिलालाई धरौटीमा रिहा गर्न अदालतको आदेश छ।
व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई २ लाख र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश छ। व्यवसायीबाट अशुलेको २० लाख रुपैयाँ भिमादेवीको खातामा जम्मा गरिएको थियो।
प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। इन्सपेक्टर शाही र अर्का आरोपि दर्शन पोखरेल फरार छन्।