What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीमा काे-काे ?
काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ । भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताउनु भयो ।
निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताउनु भयो । न्यूनतम संख्यामै जान लागिएको बताउनु भयो । भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ । एजेण्डाको बारेमा थप छलफल भइरहेको छ ।’’
प्रधानमन्त्रीको भ्मण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको बताउनु भयो ।






