बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

तोलामै १५ हजार ९ सय घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सुन चाँदीकाे भाउ ह्वात्तै घटेकाे छ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो । चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ थियो ।
सरकारले गत बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।
सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो । मन्त्रिपरिषद्को बैठकले १० प्रतिशतविन्दुले घटाएर भन्सार दर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।
त्यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । पछिल्लो हप्तादेखि सुनको मूल्य निरन्तर बढीरहेको बढेको थियो ।