पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै नेपाल उपविजेता

काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पराजित भएकाे छ ।

साउदी अरबको जेद्दाहमा विहीबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलले नेपाललाई पेनाल्टीमा ५-३ गोलले पराजित गरेको हो। याे हारसँगै नेपाल उपविजेतामै समेटियो । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट २-२ गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको थियो।

नेपालका लागि पेनाल्टीमा गीता राना, दिपा शाही, हिरा कुमारी भुजेलले गोल गरिन् भने अअमृता जैशीको पेनाल्टी जार्डनकी गोलरक्षकले बचाइन्। यस्तै जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे।

त्यसअघि खेलको २९औँ मिनेटमा नेपालका लागि सविता राना मगरले गोल गर्दै नेपाललाई पहिलो हाफभरि १० गोलको अग्रता दिलाएकी थिइन्। उनले डिबक्स नजिकै बाट रेखा पौडेलले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिइन्।

७४औं मिनेटमा जोर्डनले खेलमा बराबरी गर्यो। जोर्डनका लागि लाना फेरासले गोल गरेर खेल बराबरीमा ल्याइन्। उक्त गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो।

८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो। साराह अबु साबाहले बक्स भित्रबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाइन्।

यस्तै अतिरिक्त समयको दोस्रो मिनेटमा प्राप्त पेनाल्टीलाई गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्‍यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’

पराजित भएसँग नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं पराजय हो।

यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि सधैँ उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो । यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक फाइनल पुग्दा पराजित भयो । यस बाहेक सन् २०१९ मा भारतमा भएको वुमन्स गोल्डकप कप र कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *