बग्न अल्छि गर्दै बगिरहेकी बागमती नदी !

हरि पूर्व निरौला, ईलाम
इतिहासको पानामा एउटा छुट्टै नाम छुट्टै पहिचान धार्मिक आस्थाको एउटा नाम बागमती नदी। परा पूर्व कालमा ऋषिमुनि लगायत साक्षत भगवान शिवले पनि आफ्नो ध्यान दृष्टि उजागर गर्नु भएको एउटा पवित्र आस्थाको नाम बागमती नदी।

केही दशक अगाडि सम्म एकदम कञ्चन स्वच्छ उपभोग्य पानी संग रम्दै बग्दै आएकी बागमती बद्धो सहरीकरण को चपेटमा परेर आज दुर्गन्धित भएर आफ्नो अस्तित्व नी धराप मा पारेर वगिरहेकी छन्। कारण चेतनशील मानवको दानव प्रवृत्ति ले नै प्राकृतिक सौंदर्य नै धराप भयो आज आएर बग्न पनि आलसी गर्दै छिन बागमती नदी।

नेपाल सरकार तथा दातृ निकायबाट विभिन्न समयमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् तर कुनै पनि योजना जुन बागमती सफाई संघ जोडिएको छ त्यसमा आशलाग्दो र बागमती नदी लाई पूर्वकै स्थान दिलाउने दिशामा देखिन्न किन कि सबै बजेट खोलाको लेधो सगै बगेको देखिन्छ। यदि सही सदुपयोग भएको भए बागमती जस्ता १०वटा नदी सफा भै सक्ने बजेट सिर्फ काठमाडौं उपत्यका भित्र को एरिया मा मात्र सकिएको आंकडा विभिन्न तथ्याङ्क हरुले देखाइरहेका छन्।

विभिन्न NGO,INGO ले पटक पटक बागमती को सफाई अभियान न गरेका भने होइन तर कहीं कतै न कतै राजनीतिक हस्तक्षेप भोग्नु परेको र समय र बजेट फ्रिज हुने समस्या रहेको कारण ले गर्दा पनि कार्य आशपूर्ण रूपमा अगाडि न बढेको भने गुनासा विभिन्न समयमा मा पत्र पत्रिका हरुमा पढ्न पाएकैहो।

बर्खा याम मा कुर्लिने बढीले बागमती सफा भएको आभास गराए पनि बर्खायाम सकिए लगतै हालत एउटा नलमा बग्ने लेदो को रूप मा चित्रित हुन्छ। आसपास का घर हरु मा नदीको स्वच्छ हावा आउने टाइम मा दुर्गन्ध आउँछ अनि बागमती बग्न पनि अल्सि गर्दै आफ्नो रूप लाई लेदो मा परिवर्तन भएको देखेर सबै नगर बासी लाई धिक्कार्दै सुस्त सुस्त अगी बढ्छिन्।

नदी को आफ्नो पवित्रता भने अझै पनि त्यति नै छ ।किनकि यो नदीको महत्व यहाँ मान्छे लाई बुझ्ने लाई सिरिखण्ड न बुझ्ने लाई खुर्पाको बिड भनेको झै भा छ। विदेशी नागरिक ले विभिन्न ग्रन्थ पढेर बागमतीको महिमा बुझेर यहाँ आएर त्यही लेदो सरीको खोलामा आफ्नो धार्मिक आस्था विसाइरहेका छन्। तर यहाँ का नागरिक लाई सिर्फ फोरिखोला बागमती भन्ने मात्र थाहा छ।

यस्तो पवित्र हिन्दु आस्था बोकेको बागमती नदी सदै हामी हिँड्दा नाक मा मास्क लगाएर हिड्नु पर्ने बन्नुमा हामी पनि कहीं न कतै दोषी नै छौ त्यसैले सबैले मिलेर ढलको उचित निकास निकालेर यस पवित्र नदीको पूर्व रूप ल्याउने कुरामा अगाडि बढ्नु जरुरी देखिन्छ।

हामी सबै एक भएर प्राकृतिक सम्पदाको सौंदर्य बढाउ। आफ्नो आफ्नो क्षेत्र बाट आफ्नो आफ्नो ठाउँको प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिएर अगाडि बढौ । प्रकृतिको भलो मानव जीवनको चक्र राम्रो चलो यही नारालाई सार्थक गर्दै हामी अगाडि बढौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *