काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
के साँच्चै देशको ढुकुटी रित्तिन लाग्या हो ?
हरि पूर्व निरौला, इलाम
प्राचीन युगदेखि कति पटक कस्तो कस्तो दुर्दशा भोग्दै यहाँ सम्म आइपुग्दा नेपाल के साँच्चै टाट पल्टिन लाग्या होत? किन विभिन्न मिडिया अनि विश्लेषकहरु नेपालको आर्थिक संकटको बारेमा खुलेर बोल्दैनन्? जड कुरा के हो सामान्य नागरिकलाई पनि त आफ्नो देशको चिन्ता छ। अगर परिस्थिति नाजुक हुनुमा कसको दोष छ होला राज्य संयन्त्र या त फेरि भ्रष्ट राजनीति को जगेर्ना? यो विश्लेण गर्ने र पार लगाउने कोही छैन त नेपालमा की कसैलाई केहीले छेक्दै छ जस्ले गर्दा देशको आर्थिक अवस्था झन् भन्दा झन् खस्किदो छ?
आज यो घडीमा आएर सरकार चलाउने ठूला ठालु नेताहरुको दिमागमा बती बल्यो की छैन? जुन देशका जनतालाई एउटा भोट बैंकको रूपमा प्रयोग गर्दै आए अहिलेसम्म नत कुनै जनताको गुनासो नै सुनियो नत कुनै विकासको लहर नै चल्यो सबैतिर लथालिङ्ग छ देशको अवस्था । देशभित्रै केही गरुँ भन्दा वातावरण नै छैन, टेन्डर ठेक्कापट्टा सबै नेताका आफन्तलाई अनि साधारण जनता ले गर्ने के त? छोरा छोरी प्लस टु सम्म पढाउने खाड़ी खेदाउने अरु के उपाय छ र यहाँ? पढ्यो राम्रो नम्वर ल्याएर पास गर्यो अन्त्य मा जागिरको लागि टेबुलको तलबाट दिने मुठो हुँदैन अनि पाउने लास्टमा निराशा गर्नु चै के अब अति भयो बन्द गर यो अपाच्य राजनीति ।
जताबाट पनि दुःख पाउने त सर्वसाधारण ले नै रहेछ,तर एउटा कुरा यिनै सर्वसाधारणका समस्या जही को तहीँ छन् यिनकै छोरा छोरीले पठाएको रेमट्यान्सले देश धान्दै छ भने पछि यो कुरा बुझ्न जरुरी छ अब सरकारले आफन्तबाद नत्यागे राजनीति खतम हुन्छ जो जुन क्षेत्रमा अब्बल छ उसलाई नै अवसर दिनु पर्छ अनि मात्र देश सवल र समृद्ध हुन्छ । बोकेको कुकुरले कहिल्ये मृग मार्दैन भन्ने कुरा बुझ्न जरुरी छ।
विश्वको अर्थशास्त्र हल्लाउने अर्थशास्त्री नेपाल मै छन् तर सरकार किन लाचार छ? सबैसँग बसेर छलफल गरी अगाडि बढ्दा के नै जान्छ र? यो पार्टीको त्यो पार्टीको भन्दा भन्दै देश टाट पल्टिएको पत्तो छैन यहाँ सत्तासीनहरुलाई अवस्था हेरेर निर्णय गर्नु नी एउटा असल शासकको कर्तव्य हुन आउँछ तर यहाँ ठीक विपरीत हुँदै छ किन? की सलाहकारले नै सल्लाहा दिन चुकिरएका त छैनन्? कसले जान्दछ भित्री कुरा कोही बोल्ने होइन यहाँ बोल्नेलाई छुट छैन यहाँ लोकतन्त्र त एउटा नाम मात्रमा सीमित छ।
आज यहाँ जागीरको सिलसिलामा मेचीको मान्छे काली र कालीको मान्छे मेची पुगेको अवस्था छ, महंगाई यस्तो चुलिएको छ न कुनै अनुगमन छ नत कुनै स्पष्ट नीति नै अनि गरिरहेको काम नी छोड्ने अवस्था छ त्यहीमाथि सरकारले वृद्धहरुको सामाजिक भत्ता पनि कटौती गर्ने निश्चित नै भै सकेको छ। अब निजामती र प्रहरी सैनिकको पनि सेलरी कटौती गर्यो भने जनता बाँच्ने कसरी? व्यापार त ऐले केही समय यता अपार नै भै सक्यो अनि सधै रेमिट्यान्सले नेता पोसिने जनता मर्यामरै कस्तो खालको नीति हो यो?
देशभरि अनुगमन गर्ने हो भने अहिलेको अवस्थामा १५-२०प्रतिशत व्यवसायीहरुको सटर बन्द भै सकेको अवस्था छ। बैंकमा मैजदा छ भन्छ सरकार लगानीको वातावरण छैन बैंकिङ नीति छैन कुनै शेयर मार्केट डामाडोल छ अनि कसरी हुन्छ देशको उन्नति? के नेपाली जनता ले सधैं खाड़ी जाने अनि यहाँ का नेता पोस्ने काम मात्र हो या अब कुनै संयन्त्रबाट देश अगाडि बढ्छ?
माननीयहरुलाई मेरो अनुरोध छ कि एक पटक तपाईंहरू आफै मार्केट जानु होला अनि सामानको दाम सुन्नु होला अनि किनेर ल्याउनु होला रु १०००/- मा कति समान आउँदो रैछ अनि तपाइहरु आफै आकलन गर्नु होला तपाईहरुको लेभल को जनता कति छन् र त्यो भन्दा तलको जनताले कसरी जीविकोपार्जन गर्दै छन् भन्ने कुरा। आज हाम्रा दाजुभाइ खाडीको ५० डिग्रीमा खुनको पसिना बगाइरहेका न हुन्थे भने हाम्रो देश पनि श्रीलंका र पाकिस्तान जस्तो भै सकेको अवस्था छ यस्तो परिस्थितिमा एकले अर्कोलाई दोष दिएर हुने केही छैन त्यसैले सबै एकजुट भएर देश बचाउ पैला अनि गर्दै गरुला नी राजनीति त पछि ढुकुटी भरी भएपछि की कसो ?