काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
हाम्रो देश अनि देशका ढुकढुकी युवाहरुको सोचाइ !
हरि पूर्व निरौला
एउटा जमाना थियो सबै दाजु भाइ मिलेर खेती पाती गर्दै कृषिको माध्यमबाट परिवार र समाज नै प्रफुल्लित हुने । घरमा भएका वृद् वृद्धाको सरसल्हा अनि वहाँहरुको अनुभवको आदर गर्दै सबै सँगै मिलेर आगाडी बढ्ने अनि बुढेसकालको साहारा पनि हुने तर अब ती दिनको कल्पना मात्र मै सीमित हुँदै गएका छन्। नत कोई युवाले खेतीपाती नै गर्छन नत कोही कसैको साहारा नै भन्दा भने जस्तो के गर्ने ? यसो समय परिस्थिति विचार गर्दा युवाको लागि खाडी सिवाय यहाँ के गरेर अगाडि बढ्ने वातावरण नै छैन जेनतेन १२ सम्मको पढाइ सकिन्छ । अनि कुनै कामको खोजि हुन्छ तब असली पीडा युवाको मुहारमा झल्किन्छ । किनकि काम खोज्ने क्रममा कति जॉब सेन्टरहरुले दुःख दिन्छन् त कति ठाउँमा आफ्नी अनुभव न भएको कारण सेलेक्ट हुनबाट वञ्चित हुइन्छ। अनि अगाडि अरु पढ्ने सपना त तहीँ चकनाचुर हुन्छ नै अनि देश छोडेर खाड़ी हानिन अर्को भूत सवार हुन्छ । त्यसैले गर्दा सरकारी नीतिमा कहीं कतै युवाको लागि भएको त्रुटिलाई सच्याएर यही काम गर्ने वातावरण मिलाउन पर्यो सरकार सधै रेमिटेन्सको भरमा परेर युवा बाहिर खेद्ने मात्र हैन यही के गर्ने वातावरण सिर्जना गरी सम्पूर्ण देशकै मुहार फेर्ने योजना ल्याउनु पर्यो।
प्रसंग अस्तिको कक्षा १२ को विदाई कार्यक्रमको जोड्न चाहे भक्तपुरको बागेश्वरी माविबाट बिधाईको क्रममा एक छात्रले आफ्नो साथीको पिठ्युँमा एउटा सन्देश लेखे जसमा लेखिएको थियो “खाडीमा भेटुला” अब त हुँदा हुँदा युवाको सपना विपना नै खाड़ी नै हो देशमा कुनै सम्भावना छैन कि जस्तो भान हुने।
यही नि रिती रिवाज चली रहने हो भने कुनै समय नेपालमा युवा त के पुरुष जाती नै पलाएन हुने अवस्था न आउला भन्न सकिएन। गर्न खोज्ने लाई राजनीतिक दाउ पेचको सिकार बनाइन्छ अनि कसरी बन्छ सवल समृद्ध र विकाशशील नेपालको सपना साकार?
यस्तो विश्व मन्दीको चटारोमा छ हाम्रो देश भने राजनीतिक किचलो मै रुमाली रको अवस्था छ। पाकिस्तान र श्रीलंका जस्तो न होला भन्न सक्ने अवस्था छैन हाम्रो देशको पनि। सहयोग र ऋणको भर पर्दा मात्र हुँदैन अब केही गर्नु पर्दछ भन्ने कुरा कैले आउला ठूला ठालु नेताको दिमागमा। काठमाडौं छिर्दा चुडिएको चप्पलमा डोरी अड्काएर चर चरी फुटेका कुर्कुच्चा लिएर आएका नेता केही दशकको भ्रष्ट आचरण पछि चिल्लो गाडीमा ब्राण्डेड जूता र कपडामा सजिदा मात्र देशको विकास भएको मानिँदैन ती नेता आउदका सहपाठी र त्यो नेता को गाउँ घरका जनता पनि त्यतिकै पाहुचमा पुग्नु पर्यो सरकार।
युवालाई स्वरोजगार बना सरकार विदेश पलाएन हुन बाट रोक्ने योजना तय गर सरकार, तब मात्र देशको भविष्य राम्रो हुन्छ भन्ने कुरा मा केहि प्रतिशत ढुक्क हुन सकिन्छ । सदै भरी बुढो गोरुले गाई छेकेको जस्तो गरेर राजनीतिक दाउ पेच मा युवाको बुलन्द आवाज लाई न छेक, अब युवाको पनि दिमाग हेर देश मा जति ढली मली गरेउ अब भयो बसेर अवकास लेऊ मार्गदर्शन गर आइडिया र अनुभव सुनाऊ तब मात्र देशले कोल्टो फेर्छ।
जय पशुपतिनाथ