What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं, जेठ १९ । एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
बैंकले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार जेठ १८ गते सम्पन्न २८औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका अग्रवाललाई सञ्चालक समितिले आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बैंकका अनुसार अग्रवालसँग बैंकिङ तथा वित्तीय क्षेत्र, बीमा क्षेत्र र कर्पोरेट व्यवस्थापनमा लामो अनुभव रहेको छ। उनले विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याएका छन्।
उच्च नेतृत्व क्षमता, दूरदृष्टि र दीर्घकालीन रणनीतिक सोचका कारण उनको कार्यकालमा बैंकले थप उपलब्धि हासिल गर्दै संस्थागत विकास र प्रतिष्ठालाई नयाँ उचाइमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।






