घट्यो सुन र चाँदीको भाउ, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *