सावधान ! तपाईँकाे व्यक्तिगत जानकारी ह्याक हुन सक्छ, जान्नुहोस् कसरी बच्ने

काठमाडाैं । कुनै पनि वेबसाइट वा एप प्रयोग गर्दा, तपाईंले धेरै प्रकारका पपअप विज्ञापनहरू देख्नुभएको हुनुपर्छ। ती मध्ये केही साँच्चै विज्ञापनहरू हुन्छन् भने केही तपाईंको कम्प्युटर वा माेवाइलमा भाइरस प्रसारण गर्ने लिङ्क हुन्छन् ।

विज्ञापन क्षेत्रमा, यसलाई मालवेयरटाइजिङ भनिन्छ जुन कम्प्युटर प्रणालीमा स्थापित अन्य सफ्टवेयरलाई हानि गर्न डिजाइन गरिएको हुन्छ ।

ह्याकरहरूले वेबसाइटमा विज्ञापनहरू प्रदर्शन गर्छन् जुन उपयोगी देखिन्छ, जस्तै किनमेल वा सपिङ डिल्सहरू। चाख लाग्दा जानकारी देखिने कुरा बारे जब तपाइँ थप जान्नको लागि त्यसमा क्लिक गर्नुहुन्छ मालवेयरले तपाइँको कम्प्युटर प्रणाली र डेटालाई क्षति पुर्‍याउँछ ।

कसरी Malwaretizing काम गर्दछ

Malwaretizing का लागि विज्ञापन आवश्यक हुन्छ। ह्याकर्सले मालिसियस स्क्रिप्ट (एक प्रकारको कोड) यस एडमा थपेका हुन्छन् । विज्ञापनमा क्लिक गर्दा त्यो स्क्रिप्टमा क्लिक हुन्छ र यो मालवेयर कम्प्युटर वा माेवाइलमा पुग्छ। कहिलेकाहीँ तपाईंले स्क्रिनमा पप-अप पनि देख्नुहुन्छ हाेला सायद कुनै एप वा वेवसाइट खाेल्दा ।

जस्ताे कि ‘तपाईंको सिस्टम 50 भाइरसहरूबाट संक्रमित छ’ वा ‘तपाईंको कम्प्युटरलाई भाइरस मुक्त राख्न यो सफ्टवेयर अहिले डाउनलोड गर्नुहोस्’। ह्याकरहरूले व्यक्तिलाई त्यस्ता आकर्षक विज्ञापनहरू क्लिक गर्न बाध्य पार्छन्।

आफ्नो सुरक्षा कसरी गर्ने

सबै कम्प्युटर सफ्टवेयर अद्यावधिक राख्नुहोस्। सफ्टवेयरहरू स्वत: डाउनलोडमा राख्नुहोस् ताकि तिनीहरू स्वचालित रूपमा अपडेट हुनेछन्।

कुनै पनि लिङ्कमा क्लिक गर्न वा वेबसाइटमा केहि डाउनलोड गर्नबाट बच्नुहोस्। यसबाहेक, कुनै पनि वेबसाइटबाट कुनै पनि सफ्टवेयर डाउनलोड नगर्नुहोस्।

यदि कुनै वेबसाइटमा रुचि वा कामको विज्ञापन देखा पर्यो भने, त्यसमा क्लिक गर्नुको सट्टा इन्टरनेटमा यसको जानकारी सङ्कलन गर्नुहोस्। जानेर बुझेर मात्र क्लिक गर्नुस् । रमाइलाेका लागि क्लिक नगर्नुस् ।

कहिलेकाही सामाजिक सञ्जालमा विभिन्न ट्रेण्ड नै चलेकाे हुन्छ, बच्चा बेलाकाे तपाइँ कस्ताे हुनुहुन्थ्याे, तपाइँकाे भविश्यकाे घर कस्ताे हुन्छ ? दश वर्षपछि तपाइँ कहाँ हुनुहुन्छ ? कतिले Love गर्छन्, कतिले Hate गर्छन् जस्ता कुराहरू त्यस्ता लिङ्क क्लिक नगर्नु नै राम्राे हुन्छ । त्यस्ता सबै कुराहरू सही र सत्य हुँदैनन् ।

फाेटाे वा भिडियाे एडिट गर्ने विभिन्न खाले एपहरू डाउनलाेड गर्दा ध्यान दिनुस्, कुनै एप प्रयाेग गर्दा सामाजिक सञ्जालमा देखिएकाे लिङ्क क्लिक गर्दा पपअप भएर फेरि लगइन गर्न भन्छ भने त्यस्ताेमा लगइन गर्नुहुँदैन ।

कुनै कुनै वेवसाइट रिडाइरेक्ट भएर अन्तै अरू लिङ्कमा जाने त्यसपछि फेसबुक वा इमेल मार्फत लगइन गर् भन्ने जस्ता म्यासेज देखिन सक्छ त्यस्ताे बेला ह्याक हुने सम्भावना धेरै रहन्छ । सावधान रहनुहाेला ।

Malwaretizing इ-मेल मार्फत पनि हुन सक्छ। इ-मेलहरूमा विज्ञापन वा फोटोहरूमा क्लिक नगर्नुहोस्।
डाउनलोड सन्देशहरूको साथ पप-अप विन्डोहरूमा विश्वास नगर्नुहोस्। एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस्।

गीतहरू, फिल्महरू डाउनलोड गर्दा सावधान रहनुहोस्। प्रायः हामी गीत डाउनलोड गर्न वेबसाइटमा जान्छौं र डाउनलोडमा क्लिक गर्ने बित्तिकै अर्को विन्डो खुल्छ। भरपर्दो वेबसाइटबाट गीतहरू डाउनलोड गर्नु राम्रो हुनेछ।

तपाइँ तपाइँको कम्प्यूटर सुरक्षित राख्न एक विज्ञापन अवरोधक (एड ब्लकर) पनि इन्स्टल गर्न सक्नुहुन्छ। यसले स्क्रिनमा अनावस्यक विज्ञापनहरू देखिनबाट रोक्नेछ। यो सफ्टवेयर राखेपछि केही वेबसाइटहरू खुल्ने छैनन् भन्ने कुरामा भने जानकार रहनुहाेला ।

यस्तै अरू काम लाग्दा जानकारी पढ्न हाम्राे नियमित स्तम्भ जीवनशैली हेर्नुहाेला । लाेकसेवा तयारी सम्बन्धी जानकारी तथा सामाग्री पढ्न लाेकसेवा स्तम्भ नियमित हेरिराख्नुस है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *