What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नर्भिक अस्पतालले नर्सको तलब बढायो
काठमाडौँ । नर्भिक इन्टरनेसनल अस्पतालले नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो ।
अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार कायम गरेको छ ।
नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो।
नर्भिकले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीले देखाएको सदासयता र उच्च सेवाभावको प्रशंसा गरेको छ।
देशका विभिन्न निजी मेकिडलमा कलेजमा कार्यरत नर्स न्युनतम पारिश्रमिक वृद्धिको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।






