हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
ह्वात्तै बढ्याे सुनकाे मूल्य, साता मै १८ सयले बढाेत्तरी
काठमाडाैं । शुक्रबार सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । बैशाख २४ गते सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको तथ्यांक अनुसार यस दिन तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा रहेकाे छ ।
अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो ।
साताभरमा सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको छ । अघिल्लो शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो । त्यसयता भने सुन निरन्तरजसो वृद्धि भएको थियो । यद्यपी यस साताको बुधबार भने सुनको मूल्य ओरालो लागेको थियो ।
सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको थियो ।
यस साता चाँदी तोलामा ५५ रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकमा देखिन्छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
कोरोना महामारीका कारण जारी भएको लकडाउनले सुनचाँदी व्यवसाय प्रभावित बनेको छ । देशका अधिकांश स्थानमा यतिबेला सुनचाँदी व्यवसाय ठप्प रहेको छ । यद्यपी साताभर जसो नै सुनचाँदीको मूल्य उकालो लागेको महासंघले जारी गरेको तथ्यांकमा उल्लेख छ ।