What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भारतमा कोरोनाको नयाँ रेकर्ड, ४ लाख १४ हजार संक्रमित थपिए
What To Know
- भारतमा अहिलेसम्म दुई करोड १४ लाख ८५ हजार २८५ जनामा कोरोना संक्रमण भएको छ। अहिले पनि सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ रहेको छ।.
- त्यस्तै, उपचार अभावमा ज्यान गुमाउनेको संख्या पनि कम हुन सकेको छैन। पछिल्लो २४ घण्टामा तीन हजार ९२० जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३४ हजार ७१ पुगेको छ। मृत्यु हुनेको संख्याका आधारमा अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा भारत पुगेको छ।.
नयाँ दिल्ली । कोभिड–१९ संक्रमितको संख्याले भारतमा नयाँ रेकर्ड बनाएको छ। एक दिनमा संक्रमितको संख्या सबैभन्दा बढी चार लाख १४ हजार थपिएकाे छ भने ३९ सयको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा चार लाख १४ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एकै दिन थपिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो।
बिहीबार चार लाख १२ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, बुधबार तीन लाख ८२ हजार ६९१ जनामा संक्रमण देखिएको थियो।
भारतमा अहिलेसम्म दुई करोड १४ लाख ८५ हजार २८५ जनामा कोरोना संक्रमण भएको छ। अहिले पनि सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ रहेको छ।
त्यस्तै, उपचार अभावमा ज्यान गुमाउनेको संख्या पनि कम हुन सकेको छैन। पछिल्लो २४ घण्टामा तीन हजार ९२० जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३४ हजार ७१ पुगेको छ। मृत्यु हुनेको संख्याका आधारमा अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा भारत पुगेको छ।
कोरोना संक्रमण धेरै रहेका राज्यमा महाराष्ट्र, कर्नाटक, केरला, उत्तर प्रदेश र दिल्ली रहेका छन्। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ६२ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मृत्यु हुनेको संख्या भने महाराष्ट्रपछि उत्तर प्रदेश र दिल्लीमा धेरै रहेको छ। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ८५३, उत्तर प्रदेशमा ३५० र दिल्लीमा ३३५ जनाले ज्यान गुमाएका छन्।