बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

माधव नेपालले अघि सारे दुई बुँदे बटम लाइन
काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरसंघर्ष गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको दुई बुँदे बटम लाइन अघि सारेका छन्।
दुई पक्षबीच औपचारिक-अनौपचारिक संवाद चलिरहेका बेला शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो पक्षको बटम लाइन सार्वजनिक गरेका हुन। “२८ फागुन २०७७ र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २ जेठ २०७५ को कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,” नेता नेपालले लेखेका छन्, “यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागि रहन आह्वान गर्दछौं।”
ओली पक्षसँग वार्ता र लचकता अपनाउन तयार भएको पनि उनले उल्लेख गरेका छन्। तर अहिलेसम्म कुनै सहमति नभएको नेपालले जनाएका छन्। आफूहरू सुदृढ र एकतावद्ध एमालेको पक्षमा रहेको उनको भनाइ छ।