काठमाडाैंमा विवाहमा १५ जना जन्ती र २ वटा गाडी लैजान पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा विवाह र ब्रतबन्धका लागि १५ जना व्यक्ति र २ वटा सवारी साधन प्रयोग गर्न पाउने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै विवाह र ब्रतबन्ध गर्दा १५ जनासहित २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्ने पाउने जनाएको हो ।

जारी सूचनामा मृत्यु संस्कार लागि जानुपर्ने वा फर्किनुपर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाहरूको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भै काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड, भर्ना कार्ड र परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

त्यस्तै सुरक्षा गार्डहरूले भने परिचयपत्र र पोशाक लगाएर ड्युटी आवतजावत गर्न पाउने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले दोश्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *