रिब्दीकोटमा ५ बेडको कोभिड अस्पताल र ५० बेडको अक्सिजनसहितको आइशोलेशन

पाल्पा । कोरोना संक्रमण तिव्र फैलिने जिल्लाको रेड जोनमा छ पाल्पा । जिल्लामा दैनिक कोरोना संक्रमित बढी रहेका छन् । लाचार बनेकाे सरकार नागरिकको उपचार गर्न नसकिने भनेर लाज पचाएरै अपिल जारी गरि रहेको छ । धन्न अहिले स्थानीय सरकार छन् । जसले नागरिकको आधारभुत स्वास्थ्य उपचारको लागि कोभिड अस्पतालदेखि आइशोलेशन सेन्टरसम्म निर्माण गरी कोरोनाको रोकथाम र नियन्त्रणको लागि अनवरत खटिरहेका छन् । पाल्पाको एक स्थानीय तह जसले तीन दिनमै ५ बेडको कोभिड अस्पताल र ५० बेडको आइशोलेशन तयार गरी कोरोनाको रोकथाम र न्यूनीकरणको लागि जुटिरहेको छ ।

मुलुक अहिले कोरोनको सन्त्रासमा छ । देशभर कोरोना संक्रमितको संख्य तीव्र गतिमा फैलिरहेको छ । कोरोनाबाट मृत्यु हुने संख्या समेत दिनानु दिन बढी रहेको छ । कोरोनाको रोकथाम नेपालका लागि चुनौति नै बनिरहेको छ । नागरिकमा भय पनि उस्तै छ । कुन दिन आफैं कोरोना संक्रमित हुने हो कुन दिन परिवारका सदस्यलाई हुने हो कुन दिन बेड अक्सिजन नपाएर मुत्युसँग गुहार माग्नुपर्ने हो त्यसको टुङ्गो नै छैन ।

कोरोनाको रोकथामको लागि केन्द्र स्तरमा काठमाडाैंलाई हेरौं त्यतै बिजोक, प्रदेशतिर पोखरा, दाङ्ग, बाके, सुर्खेतको अवस्था त्यस्तै जिल्ला तिर हेरे अवस्था त्यस्तै बिजोक बनिरहेको छ । कोरोनाको नियन्त्रणको लागि केन्द्रदेखि प्रदेश र स्थानीय सरकार सम्मको तागतले रोकथाम हुन सकेको छैन तर यसैबीचमा पाल्पाको एक स्थानीय तहले भने केही दिनमै कोभिड अस्पतालदेखि आइशोेलेशन सेन्टर सम्म निर्माण गर्न सफल भएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिकाले कोरोना रोकथाम र न्यूनीकरणको लागि विभिन्न पहल कदमी जारी राखेको छ । पालिकाले रिब्दीकोट गाउँपालिका वडा नं ३ खस्यौलीमा ५ अक्सिजनसहित ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । जहाँ दुई डाक्टर, दुई स्टार्फ नर्स र एक कार्यालय सहयोगीले २४ सै घण्टा स्वास्थ्य उपचार दिई रहनुभएको छ । कोभिड अस्पतालमा इन्टरनेट, सुविधा सम्पन्न शौचालय, छुट्टाछुट्टै कोठा, खानेपानी, बिजुलीको प्रभावकारी ब्यवास्थापन गरी एउटा घर नै कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको छ ।

रिब्दीकोटको कोभिड अस्पतालमा दुई जना स्टाफ नर्ससहित खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका दुई जना चिकित्सकले २४ सैं घण्टा खटिएकाे कोभिड अस्पतालकी स्टाफ नर्स कमला रानाले बताउनुभयो । कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीले कोभिड विरामीलाई औषधी मात्रै दिनुहुन्न उनीहरुको मनोविज्ञान अनुरुप आत्मबल बढाउन नियमित सुझाव सल्लाह समेत दिदै आएको रानाले जानकारी दिनुभयो ।

गाउँघरमा घरपरिवारको सामिप्यतामा होम आइशोलेशनमा रहँदा फैलन सक्ने कोरोनाको जेखिमको संक्रमणलाई रोक्न पालिकाले छुट्टै ठाउँमा आइशोलेशन वार्डको निर्माण गरेको हो । अहिले निर्माण भएका प्रत्येक आइशोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरसहितको ५० बेड तयार भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो । रिब्दीकोटको वडा नं ३ खस्यौलीमा ५ बेडको कोभिड अस्पताल,वडा नं २ देउरालीमा ३० बेड र वडा नं ५ कुसुमखोलामा २० बेडको आइशोलेशन सेन्टर निर्माण भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खानाले कोरोना संक्रमणको जोखिमलाई कम गर्न पालिका भित्र ५५ वटा आइशोलेशन बेड निर्माण गरेको बताउनुभयो । रिब्दीकोटले जिल्लाको अन्य पालिकाको तुलनामा छिटो, सुविधा सम्पन्न, दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीको सहभागितमा कोरोना अस्पताल र आइशोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो । स्वास्थ्यकर्मीलाई उच्च मनोबल र हौशला सहित पालिकाले स्वास्थ्यकर्मीको टिम तयार पारेको छ ।

कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण र रोकथाम गर्न राज्यले नै हात झिकेको अवस्थामा पाल्पाको एक स्थानीय तह रिब्दीकोटले कोरोनाको जोखिम कम गर्न सुरुको गरेको प्रयत्न निकै सकारात्मक छ । रिब्दीकोटले वडाको टोल टोलमा कोरोना सचेतनामूलक माइकिङ्ग, हार्थोक, खस्यौली लगायतको ठाउँमा हेल्प डेस्क स्थापना, पिपिइ, मास्क, सेनिटाइजर, गोलब्स प्रयोग गर्ने तरिका र अपनाउनुपर्ने सर्तकताका साथै सुरक्षाको विषयमा कार्यक्रम गरिरहेको छ ।

गाउँपालिकाले होम आइशोलेशनमा रहेका कोरोना संक्रमितको मनोटोनस हटाउन सम्बन्धित वडाका वडा अध्यक्ष र स्वास्थ्यकर्मीको संयुक्त टोलीले घरभेट कार्यक्रम समेत गर्दै आएका छन् । घरभेट कार्यक्रममा आवश्यक औषधि, मास्क सेनिटाइजर र कोरोना संक्रमितलाई थप आत्मबल बढाउन काउन्सीलिङ्ग कार्यक्रम गर्दै आएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।

बस् इच्छा शक्तिको कुरा हो । चाह्याे र गर्यो भने के सम्भव हुँदैन र भन्ने उदाहारण रिब्दीकोट गाउँपालिकाले प्रस्तुत गरेको छ । मुलक भर कोरोना संक्रमितले अक्सिजन पाएन्, बेड पाएन्न, एम्बुलेन्स पाएन्न, औषधी पाएन्न, चिकित्सक पाएनन् लगायतका थुप्रै पाएनन् भन्ने मात्रै गुनासोलाई चिर्न रिब्दीकोटले केही दिनमै तयार परोको पुर्वधार,स्रोतसाधन,जनशिक्त युक्त तयारीलाई राज्यले नै अनुशरण गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *