काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
मिर्गाैला पीडित श्रीस बचाउन सहपाठीकाे २ लाख सहयोग
कौरव खत्री
गुल्मी । गुल्मी मुसिकोट नगरपालिका ७ वामीटक्सारका मिर्गाैला पीडित ३७ बर्षीय चन्द्र बहादुर श्रीस (रेम) बचाउ अभियानलाई साथ दिँदै श्रीसको परिवारलाई एक लाख सतासी हजार बढी रकम शनिवार हस्तान्तरण गरिएको छ ।
वडिगाड गाउँपालिका २ सिमलचौर स्थायी घर भई गणतन्त्र चेकमा हुनुहुने सञ्जय अधिकारीको नेतृत्वमा संकलित १ लाख, ८७ हजार, ४ सय ३१ रुपैयाF, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल र पत्रकार कमल पौडेलको हातवाट रेमका बाबा इन्द्र वहादुर श्रीसलाई वामीटक्सार पल्टार स्थित घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
श्रीसका दुवै मिर्गाैला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ। लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै स्वयं श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गनुभएको थियो ।
सोही आधारमा सहपाठी तथा मानवसेवीहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु भएको हो । घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले सहयोग अभियान सुरु गरिएको अधिकारीले बताउनु भएको छ ।
श्रीसको उपचारको लागि ३० लाख वढी आवश्यक पर्ने परिवारले जनाएको छ । यस अघि जापान लगायतका देशमा रहने वामेलीहरुको नेतृत्वमा १२ लाख वढी रकम संकलन भइ हस्तान्तरण भएको थियो । सहयोग रकम बुझ्दै रेमका बुबा इन्द्र बहादुरले सवैको सहयोगले आफ्नो एक मात्र छोरा बाँच्ने भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद दिनु भएको छ ।