नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको छ।
उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । खनालको बाँकी अवस्था सामान्य छ ।
अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।