काेराेना अपडेट : आज ५७ सयमा जनामा कोरोना पुष्टी, परीक्षण घट्यो, संक्रमित बढे

काठमाडौं । आज थप पाँच हजार ७६३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार ९६९ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ७६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। शुक्रबार १५ हजार ९१५ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ७२७ जनामा संक्रमण देखिएको थियो।

यसमध्ये १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजन परीक्षण गर्दा ५७ जनामा कोरोना पोजिटिभ देखिएको हो।

योसँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। अहिलेसम्म तीन लाख २८ हजार ९९३ जनामा कोरोना देखिएको छ। आज एक हजार २८७ जनामा मात्रै निको भएका छन्।

आज थप १९ जनाको कोरोनाबाट ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *