नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

फागुन २३ को फैसलाबारे पुनरवलोकन माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार सर्वोच्च अदालतमा निवेदन हाल्ने भएका छन् ।
निवेदन हाल्न प्रचण्ड आज बिहान ११ बजे अदालत पुग्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । एमाले र माओवादी केन्द्रबीच भएको एकता टुटाउने सर्वोच्च अदालतले गत २३ फागुनमा गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनले निवेदन दिने भएका हुन ।
पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले उनकै नेकपालाई वैधानिक दिएको थियो । एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो ।