बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

काेराेना संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसकाे संक्रमणबाट एकै दिन ३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३ जनाकाे मृत्यु भएकाे जनाकारी गराएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ४३५ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयले हालसम्म २२ लाख ५९ हजार ४५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
मन्त्रालयले हालसम्म तीन हजार २७ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको जनाएको छ । हाल एक हजार २८८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५९ जना हाल क्वारेन्टिनमा छन् ।