ओली सरकारको उल्टो गन्ति शुरु, प्रचण्डले गरे यस्तो घोषणा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । हतारमा समर्थन फिर्ता नलिन केही दलहरुबाटै दवाव आएका कारण फिर्ता नलिएको बताउँदै प्रचण्डले एकदुई दिनमै समर्थन फिर्ता लिने दावी गरे ।

शनिबार बृहत नागरिक आन्दोलनले गरेको अन्तरक्रियामा प्रचण्डले समर्थन फिर्ता नलिन धेरै दबाब आएको भन्दै उनले अब आफूले राजनीतिक र नैतिक रुपमा धेरै दिन कुर्न नसक्ने बताए । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिनू है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन् । अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।’

राजनीतिक दलहरूबीच सहमति गरी अघि बढ्ने योजना रहेको पनि उनले बताएका छन् । दलहरुबीचको सहमतिपछि समर्थन फिर्ता गर्ने वा सँगै अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न केही समय लागेको उनले बताए ।

अहिले प्रधानमन्त्रीको खेल प्राप्त उपलब्धी उल्ट्याउने गरी भइरहेको पनि प्रचण्डले आरोप लगाए । उनले भने, ‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ। हामी सबै आनदोलनमा आएको हो। सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए । जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए। हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण पुनःस्थापना भयो ।’

प्रतिनिधि सभा पुनर्स्थापना पछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नकसेको उनको भनाइ छ।

प्रचण्डले भने, ‘पुनःस्थापना भएपछि पधानमन्त्रीले राजीनामा दिनु हुने सोचेका थियौँ। हामी सजिलै यो ब्याटल जितेको भनी रिल्याक्स गरेका थियौ। दोस्रो योजना हामीले नबाएकै हो। यो सबै परिर्वतन उल्टाउने षड्यन्त्र भएको छ। हामीले जे सोचेका थियौ त्यो भएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *