पाथिभरा माताकाे दर्शनसँगै हेर्नुस् याे साताकाे राशिफल

चैत्र १४ देखि २० गतेसम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता शुभकार्यको चर्चा चल्नेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव श्रीकृष्णभगवानको आरधना गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो सात शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । साताको अन्त्यमा शुभ समाचार सुन्न पाईने र गरेको कार्यमा सफलता पनि मिल्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग कलेजी वा घ्यूरङ्ग हो । शुभकर्म गर्नु पूर्व शक्तिपीठको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा राम्रो खबर सुन्न पाउनु हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभ रङ्ग पहेंलो वा सेतो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता आँटेको काममा सफलता नमिल्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मध्य साताबाट आकस्मिक धन लाभ हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा गाढा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता श्रमको उचित मुल्याङ्कन हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्र वा आफन्तबाट मिल्नेछ । दैनिक वैदेशिक कार्य अघी बढ्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा रचल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । व्यवसायिक क्षेत्र लाभप्रद नै रहनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग गर्नेछन् । पारिवारिक सद्भाव पनि बढ्नेछ, तर अल्छिपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । यो साताका लागि शुभअङ्क २,६ र शुभ रङ्ग सेतो वा पहेंलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता दौडधूप गर्नु परेपनि प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । शेयर बाजारबाट विशेष फाईदा मिल्नेछ । छोटो दुरीको लाभदायक र धार्मिक यात्राको योगछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ, तर आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख मिश्रित फल मिल्नेछ । शेयर बजारमा पनि उतारचढाव आइ रहनेछ । मंगलबारबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो हप्ता नयाँ काममा हात हाल्ने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । बुधबारबाट शैक्षिक क्षेत्र कमजोर रहनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनसक्छ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग पहेंलो र पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *