नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

फिल्म खेल्न शाहरुखले लिए एक सय करोड पारिश्रमिक
मुम्बई । बलिउड नायक शाहरुख खानले फिल्ममा अभिनय गर्न भारु एक सय करोड पारिश्रमिक लिएका छन् ।
प्रदर्शोन्मुख फिल्म ‘पठान’का लागि उनले एकसय करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । अहिले उक्त चलचित्रको सुटिङ भइरहेको छ ।
फिल्मको कारण चर्चामा रहे पनि पान मसलाको विज्ञापन गरेपछि समाजिक सञ्जाल प्रयोग कर्ताले शाहरुखको खिल्ली उडाएका छन् ।
लामो समयदेखि पान मसलाको विज्ञापनमा अजय देवगण देखिदै आएका छन् । जब पान मसलाको विज्ञापनमा शाहरुख देखिए उनका फ्यानहरूले उनको मजाक उडाए ।