बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

स्व.जोशीकाे शव सानेपामा २ बजेसम्म राखिने ‘हार्दिक श्रद्धाञ्जलि’
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।
जोशीको शुक्रबार राति उपचारका क्रममा ठकाडौंको थापाथलीस्थित अस्पतालमा निधन भएको हो । उनलाई फागुन १३ गते मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
जोशीको शुक्रबार राति ८ बजेर २४ मिनटमा निधन भएको अस्पतालका चिकित्सकहरूलाई उदृत गर्दै उनका स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिएका छन् ।
जोशीलाई फागुन १३ गते राति स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पु¥याएका थिए ।
परीक्षणका क्रममा जोशीको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।
नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो ।
जोशीले ०३२ सालदेखि नेविसंघबाट राजनीति गरेका थिए । काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधि सभामा निर्वाचित भएर जोशी मन्त्री समेत बनेका थिए । उनी काठमाडौं महानगरपालिकाको उप–मेयरमा निर्वाचित समेत भएका थिए ।
यसैबीच, जोशीको निधन भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शनिबार चैत १४ गते शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।’
कांग्रेसले स्व.जोशीलाई अन्तिम श्रद्धाञ्जलि दिन मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ ।