आज कात्तिक कृष्ण औँसी, यसरी गर्नुस् धनधान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ ।

फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ ।

यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ । घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिषी डा. सुनील सिटौलाले बताउनुभयाे ।

भाइटीकाको उत्तम साइत सार्वजनिक

आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै दिन परेको छ । शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने डा. सिटौला बताउनुहुन्छ ।

लक्ष्मी पुजामा आवश्यक सामाग्रीहरु

सबै गृहस्थहरुले कमल र सेतो फूल पूजामा प्रयोग गर्न सक्दछन् । यसै प्रकार किसानहरुले पाँच प्रकारका खाद्य पदार्थका नैवेद्य चढाउनु पर्दछ र व्यापारीहरुले कमलगट्टको माला, विद्यार्थीहरुले धर्मग्रन्थ, अनार र तिलको सामाग्रीसहित पुजा गर्न सक्नेछन् ।

लक्ष्मीको पूजा गर्ने समयमा कर्ताले सेतो वा गुलाबी बस्त्र लगाएर गर्नु पर्दछ । लक्ष्मीको पुजा मध्य रातमा गर्नु उत्तम हुन्छ । लक्ष्मीको गुलाबी कमको फूलमा बसेको प्रतिकृतीलाई पुजा गर्नुपर्दछ, यस्तो प्रतिकृतीमा उनको हातबाट धनको वर्षा भईरहेको हुनु अति उत्तम हुन्छ ।

लक्ष्मीलाई गुलाबी फूल, विशेषगरेर कमलको फूल चढाउनु पर्छ । उनलाई विशेषरुपमा कमलको फूल निकै मन पर्दछ । यसका साथै लक्ष्मीको मन्त्रहरुको जप स्फटिकको मालाद्धारा गर्दा निकै प्रभावकारी हुन्छ ।

त्यसैले उपयुक्त समय र मुहूर्तमा माता लक्ष्मीको पूजा गरेर लक्ष्मी मन्त्रोच्चारण गर्दै उनलाई खुशी तुल्याउन सके घरमा धनको वर्षा हुने विश्वास रहेको छ ।

यसरी बनाउनुहाेस् लक्ष्मीपूजामा आकर्षक रंगाेली (भिडियाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *