नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बोलाउनुभएको हो ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनको सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपाका अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले सचिवालयको बैठक माग गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष अोलीलाई पत्र नै बुझाउनुभएको थियो । सङ्गठनको सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार सञ्चालनलगायत मुख्य रूपमा कोभिड–१९ को विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।
नेताहरुले बैठक माग गरेपछि अर्का अध्यक्ष ओलीले पार्टीको विधि र पद्धति अनुसार सचिवालय बैठक बोलाउन लिखित निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम महासचिव पौडेलले बैठक बोलाउनुभएको हो ।