काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
जोडीलाई यती एअरलाइन्सको दशैँ अफर
काठमाडाैँ । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ ।
एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं—अबुधावी¬–काठमाडौँको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ ।
दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ ।
आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एयरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।